३० असोज, स्याङ्जा । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले कामचलाउ सरकारका प्रधानमन्त्री डा वावुराम भट्टराईसंग राष्ट्रपतिलाई गाली गर्ने तथा अर्ति उपदेश दिने अधिकार नभएको वताउनु भएको छ । नेपाल प्रेस युनियन स्याङ्जाले मंगलवार वालिङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पौडेलले मुलुक संकटमा रहेका बेला राष्ट्राध्यक्षको हैसियतले अभिभावकीय भूमिका निभाई रहेका राष्ट्रपतिलाई गाली गर्ने अधिकार प्रधानमन्त्रीमा नरहेको वताउनु भएको हो ।
राष्ट्रपतिले के गर्न पाउने, के गर्न नपाउने भन्ने कुरा सिकाई राख्ने तथा अर्ति उपदेश दिने हैसियत प्रधानमन्त्री भट्टराईसंग नभएको पौडेलको भनाई छ । पौडेलले भन्नुभयो,’ राष्ट्रपतिलाई प्रधानमन्त्रीले सिकाउनु प्रधानमन्त्रीको हैसियत भन्दा धेरै बाहिरको कुरा हो । राष्ट्रपतिलाई अर्ति उपदेश दिनु भन्दा पनि राजीनामा दिएर मुलुकलाई निकास दिन तर्फ प्रधानमन्त्री लाग्दा मुलुकको हित हुन्छ ।’
पौडेलले दलहरुवीच सहमति ज’ट्न नसक्नुको कारण प्रधानमन्त्री र सरकारकै नेतृत्वकर्ता दल एमाओवादी नै बाधक वनेको आरोप लगाउन’भयो । उहाँले एमाओवादी वार्ता र सहमति भन्दा पनि वार्ता विथोल्न तथा यसअघि भएका सहमति पनि उल्टाउन लागि परेको वताउनुभयो । पौडेलले माओवादी अध्यक्ष प्रचण्डको दुई जिब्रे चरित्रका कारण पनि मुलुमा जारी संकट समाधान हुन नसकेको वताउनुभयो ।
उहाँले मुलुकमा भ्रष्टाचार मौलाउदै गएपनि संवैधानिक निकायमा रहेका रिक्तता पूर्ति गरी मुलुकलाई निकास दिन प्रधानमन्त्री गम्भीर नभएको आरोप लगाउनु भयो । पौडेलले प्रधानमन्त्रीको राजीनामा नआउन्जेल दलहरुवीच सहमति नहुने भएकाले तत्काल राजीनामा दिएर सहमतिका लागि वाटो खोल्न आग्रह गर्नुभयो ।
Tuesday, 16 October 2012
राष्ट्रपतिलाई गाली गर्ने अधिकार प्रधानमन्त्रीसंग छैन : पौडेल
02:59 No comments
Subscribe to:
Post Comments (Atom)






0 comments:
Post a Comment